विगत २ महिनादेखि का’रागारको जीवन व्यतित गरिरहेका क्रिकेटर सन्दीप लामिछाने ध’रौटीमा छुुट्नसक्ने सम्भावना देखिएको छ ।
लामिछानेवि’रुद्ध केही महिनाअघि बला’त्कारको आ’रोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको प्रमाण नै भेटिएपछि घटनाले नयाँ मोड लिएको छ ।
लामिछानेका एक वकिलका अनुसार आ’रोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको पत्र जिल्ला अदालत काठमाडौँमा पठाइएको छ ।
आफ्नो नाम नराख्ने शर्तमा लामिछानेको मुद्दाको नेतृत्व गरिरहेका अधिवक्ताका अनुसार करिब १५ दिन अगाडि नै काठमाडौँ जिल्ला अदालतमा स्थानीय तहको पत्र प्राप्त भएको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहलाई किशोरीको जन्मदर्ता लगायतका कागजातको सक्कल प्रति र ढड्डा नै पठाउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि उक्त गाउँपालिकाले नाबालिकाको उमेर खुल्ने जन्मदर्ताको ढड्डा लगायतका कागज काठमाडौँ जिल्ला अदालतमा पठाएको हो । प्राप्त पत्रमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको छ ।
सन्दीपका एक वकिलले भने, ‘स्थानीय तहले काठमाडौँ जिल्ला अदालतमा जन्मदर्ता खुल्ने सक्कल कागजात पठाइसकेको छ ।
उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते रहेको उल्लेख छ । यसको अर्थ वा’रदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको देखिन्छ ।’

