आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय त्रिभूवन विश्वविश्वालयले गरेको छ । विश्वविश्वालयले आउँदो पुस १७ गतेदेखि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने भएको हो ।
गत पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको हो ।
‘त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ-आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको सबैमा जानकारी गराउँछौँ,’ सूचनामा भनिएको छ ।
कोरो’ना महा’मारीका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।
त्रिविले लामो समयपछि स्ववियु चुनाव समेत गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ । जसले गर्दा पनि यो वर्षको बिदामा समेत कडाइ गरिएको हो ।