प्रतिनिधिसभामा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जान तयार रहेको बताएको छ। स्रोतका अनुसार रास्वपाका अध्यक्ष रवि लामछानेले सरकारमा जाने चाहना देखाएका छन्।
स्रोतका अनुसार लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी सरकारमा जाने चाहना व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पछिल्लो तीनरचार दिनयता लामिछाने र दाहालबीच तीन पटकसम्म भेट भएको बताए। देउवा र ओलीसँग पनि सरकारका विषयमा कुराकानी भएको ढकालले बताए।
सरकारमा बसेर काम गर्न सक्ने वातावरण बने रास्वपा सरकारमा जान तयार रहेको उनको भनाइ छ। ‘रास्वपाले उठाएको घोषणापत्र लागु गर्ने वातावरण बन्यो भने हामी सरकारमा जान तयार छौं’, ढकालले भने, ‘त्यसैले सरकारमा जान्नौं भनेर हामीले भनेका छैनौं।
सरकारमा जान मरिहत्ते पनि गर्दैनौं।’ स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल र लामिछानेबीच भएको भेटवार्तामा सरकारमा जाने लामिछानेको चाहनामा दाहाल सकारात्मक देखिएका छन्।
लामिछानेले गत सोमबार र मंगलबार दुई दिन आफ्ना सबै सांसदलाई प्रशिक्षण दिएका थिए। त्यस कार्यक्रममा सरकारमा जाने/नजाने विषयमा गम्भीर छलफल भएको ढकालको भनाइ छ।
त्यस कार्यक्रममा पनि लामिछानेले रास्वपा सरकारमा जान सक्ने बताएका थिए। प्रशिक्षण कार्यक्रममा लामिछानेले आफ्ना सांसदलाई सरकारमा जाने विषयमा मिडियामा जथाभावी नबोल्न निर्देशन दिएका थिए, तर प्रवक्ता ढकालले भने सांसदलाई त्यस्तो कुनै निर्देशन नदिएको दाबी गरे।
पछिल्लो समयमा नागरिकताका विषयमा लामिछाने वि’वादमा परेका छन्। नेपालको नागरिकता त्यागी नयाँ नागरिकता लिन प्रक्रिया अघि नबढाएको विषयमा नेपाल प्रहरीले छान’बिन गरिरहेको छ।
‘यस विvवादले कानुनी रूपमा लामिछाने निकै अप्ठ्यारोमा परेका छन्। यसकारण पनि लामिछानेले सरकारमा जान चाहना राखेको हुन सक्छ’, स्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

