काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) निर्वाचन आयोगलाई लेखेको निवेदन अस्वीकृत भएको छ । बालेनले जरि’वाना रकम मिनाहा गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
तर, शुक्रबार बसेको बैठकले ज’रिवाना रकम मिनाहा नगर्ने निर्णय गरेको हो । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन खर्च ३० दिनभित्र नबुझाएपछि आयोगले महानगर प्रमुखको उम्मेदवारका लागि ७ लाख ५० हजार जरि’वाना तोकेको थियो ।
कानुनी रूपमा जरि’वाना रकम मिनाहा गर्ने व्यवस्था नभएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । बालेनले सामाजिक सञ्जालबाट खर्चको विवरण सार्वजनिक गरेको भन्दै मिनाहा गर्न आयोगमा निवेदन दिएका थिए ।
आयोगले गरेको निर्णयमा भनिएको छ, ‘सार्वजनिक गर्दा निर्वाचन खर्चको विवरण बुझाएको भनी मान्न र स्वीकार गर्न मिल्ने कानुनी व्यवस्था नदेखिनुका साथै आयोगले गरेको ज’रिवाना बापतको रकम मिनाहा गर्ने कानुनी व्यवस्था निर्वाचन आयोग ऐन, २०७३ र अन्य निर्वाचनसम्बन्धी कानुनमा नभएको हुँदा बालेन्द्र शाहलाई लागेको जरि’वाना बापतको रकम मि’नाहा गर्न मिल्ने देखिएन ।’
दुई दिन ढिला बुझाउँदा मेयर बालेन जरि’वानामा परेका थिए । ३० वैशाखमा भएको निर्वाचनको अन्तिम परिणाम २०७९/०२/१२ गते प्रकाशित भएको थियो ।
तर, बालेनले २०७९/०३/१२ गते खर्चको विवरण बुझाएका थिए । ‘कानुनले तोकेको ३० दिनको समय व्यतित भएपछि ३२औँ दिनको दिन पेस गरेको देखिन्छ,’ आयोगको निर्णयमा भनिएको छ ।
परिणाम आएको एक महिनाभित्र नै उनले विवरण बुझाए पनि कानुनमा ३० दिन भनेकाले गणना गर्दा ३२ दिन भएकाले जरि’वाना मिनाहा गर्न नसकिने आयोगको निचोड छ ।