राष्ट्रपतिले सरकार गठनका लागि दाबी गर्न दिएको समय घर्किन लागेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अकसरत बढाएका छन् । उनले शनिबार कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मध्यान्ह १२ः३० बजे कांग्रेस सांसदहरुको भेला प्रधानमन्त्री निवासमा सुुरु भएको छ ।
दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो भेला हुन लागेको हो । महामन्त्री गगन थापालाई पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका थिए ।
सरकार गठनमा गठबन्धनभित्र सहमति जुटाउन सकस भइरहेका बेला देउवाले सांसदहरुलाई बोलाएका हुन् ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि वहुमत जुटाउन सांसदहरुको हस्ताक्षर समेत गराइरहेको छ । केही सांसदले खाली कागजमा सही गरेका छन् भने बाँकीलाई हस्ताक्षर गराउन बालुवाटार बोलाइएको बताइएको छ ।

