नेपाली कांग्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गत मंसिर ४ गतेको चुुनावमा गुुल्मीका युुवा इन्जिनियर सागर ढकालले झस्काए । प्रधानमन्त्री देउवालाई हराउने भन्दै ब्रत बस्दै लामो समयदेखि डडेल्धुरामा बसेका उनले युुवाहरु परिचालन गरेका थिए ।
यता, देउवाले चुनावका बेला जिल्लामा मतदातालाई आफूूरि आकर्षित गर्न समय नदिएको भए सागर ढकालले जित्ने अनुमान गर्न थालिएको बताइन्छ ।
सुरक्षा अधिकारीहरूले डडेल्धुरामा धेरै बस्न आग्रह गरेपछि मात्र उनी तयार भएका थिए । त्यसपछि उनले सातवटै पालिकामा आमसभा पनि गर्न भ्याए । धेरै जस्तोमा त हेलिकोप्टरमै गए ।
देउवा ७० हजार मत खस्ने र माओवादी तथा समाजवादीको पनि सहयोग भएकाले इतिहासमै सबैभन्दा बढी ५० हजार मत पाउने विश्वासमा थिए तर मतै ५० हजार आसपास मात्रै खस्यो ।
त्यसैमा स्वतन्त्र उम्मेदवार सागर ढकालले अपेक्षा गरेको भन्दा बढी १३ हजार ४२ पाए । देउवाले सागरभन्दा १२ हजार ४९२ बढी अर्थात् २५ हजार ५३४ मात्रै ल्याएका छन् ।
अहिले देउवा डडेल्धुरा नबसेको भए सागरले जित्ने थिए भन्ने अनुमान गर्न थालिएको हो । सागरलाई प्रचारमा गाउँ जानसमेत अघोषित नाकाबन्दी लगाइएको थियो ।
एमालेको समर्थनमा उठेका बिपी कांग्रेसका कर्ण मल्ल, सधैँ देउवा जिताउन भूमिका खेल्ने एमालेकै विक्रमबहादुर शाही, राप्रपा र जनता समाजवादीका उम्मेदवार चुनाव नलडेको भए पनि देउवा हार्ने थिए भन्ने अनुमान गर्न थालिएको छ ।
अर्को पक्षले भने बाँडेको पैसा अगुवाले नै हजम पारेपछि मतदाता रिसाएर देउवाले कम मत पाएको दावी गर्ने गरेको छ ।
सोही पैसा सबै ठाउँ नपुगेकोले स्वतन्त्र लडेका डा. तारा जोशी प्रदेश सभामा झिनो मतले विजयी भएको बताइन्छ ।