सत्ता गठबन्धनको आइतबार बालुुवाटारमा बसेको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि नयाँ समीकरणको संकेत देखिएको छ । अब नेकपा एमालेको सहयोगमा अर्को सरकार गठनको तयारी भएको छ ।
यसैका लागि नेताहरु बालकोट धाउन थालेका छन् । केहीबेरअघि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् ।
आइतबार बसेको गठबन्धनको बैठकमा कुनै सहमति भएन । यसैबेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने ओलीलाई भेट्न वालकोट पुगेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केपी ओलीसँग छलफल गर्न बालकोट जाँदै छन् भने अन्य साना दलका नेताहरु समेत पुगिसकेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । जसपाका उपाध्यक्ष अशोक राई लगायत बालकोट पुगेका छन् ।
अन्य मधेसवादी दलसँग समेत छलफ गरी नयाँ सरकार बनाउन छलफल तिव्र भइरहेको एमाले स्रोत बताउँछ । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज पाँच बजेसम्मका लागि सरकार गठनका लागि आह्वान गरेकी छिन् ।