काठमाडौंको नयाँ बसपार्कको टिकट काउण्टर आजबाट बन्द भएको छ । नयाँ बसपार्ककका टिकट काउन्टर आज दिउँसोदेखि बन्द गरिएको हो । बसपार्क भित्र रहेका टिकट काउन्टर मर्मत गरी अन्तराष्ट्रिय स्तरमा स्तरोन्नति गरेर सञ्चालन गर्नका लागि आजबाट बन्द गरिएको हो ।
ल्होत्से बहुउद्धेश्यीय प्रा.लि. ले आजबैबाट टिकट काउन्टर मर्मतको काम सुरु गरिसकेको छ । केही दिनभित्रै अन्तराष्ट्रिय स्तरको बनाएर काउण्टर सञ्चालन गरिने बताईएको छ । यातयात व्यवसायीहरुले नजिकैको भवनमा अस्थाई काउन्टर बनाएर आफ्ना टिकट काउन्टर सञ्चालनमा ल्याएका छन् ।
शून्य लागतमा कतारले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब कति ? कतारको दोहा सहरमा रहेको हमाद बिन खालिद कन्ट्राक्टिङ कम्पनीले शून्य लागतमा भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।
कम्पनीले लिपिकका लागि एक जना महिला, सेफ्टी एण्ड हेल्थ टेक्निसियनका लागि ५ जना पुरुष, मासोनका लागि ५० जना पुरुष, कार्पेन्टरका लागि २० जना पुरुष, ड्राइभरका लागि १० जना, टेक्निसियनका लागि २५ जना पुरुष र लेबरका लागि १५० जना पुरुष गरि जम्मा २६१ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ३० हजार माथि देखि ४४ हजार माथि सम्म पाउने छन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले साउण्लाईनस रिक्रुटमेन्ट प्रालिको कार्यालय महालक्ष्मीस्थानमा चैत्र २५ र २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।
कतारले शनिबारदेखि लागू हुने गरी आप्रवासी श्रमिकका लागि न्यूनतम तलब तोकेको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो र त्यसपछि प्रक्रिया सुरु भएको थियो । प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो ।
जुन घरेलु कामदारको हकमा समेत लागू हुनेछ । मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिइ जाने सबैको हकमा लागू हुनेछ ।
सबै श्रमिकको कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्णरुपमा पाउने विश्वास कतारस्थित नेपाली दूतावासले गरेको जनाएको छ । नयाँ तलब कार्यान्वयनमा आएपछि कतार सबैभन्दा बढी न्यूनतम तलब दिने रोजगारदाता मुलुक बनेको छ । तोकिएको तलब नपाएका कामदारले उजुरी दिनका लागि कतारले संयन्त्र समेत बनाएको छ । तलब नपाएको खण्डमा श्रमीकहरूले सीधै प्रशासनिक विकास श्रम मन्त्रालयमा उजुरी दर्ता गराउन सक्नेछन् ।