धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा कृश्चियनहरुको आग्रहमा केक काटेको कुरा शेयर गरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित भएका छन् । उनलाई कटाक्ष गर्दै भैसी काट्ने निम्तो समेत आएको छ।
हुसेन जी नामका ब्यक्तिले मेयर साम्पाङलाई भैसी का’ट्न निम्तो गरेका छन। क्रिसमस डेको अवसर पारी मेयर साम्पाङले शुक्रवार उपमहानगरपालिकाको कार्यालयमै केक काटेपछि हुसेनले चे’तावनी दिदै भैसी काट्न बोलाएका हुन।
एउटा धर्मका अनुयायीहरुले गरेको आग्रह टार्न नसकेपछि अर्को धर्म मान्नेहरुको आग्रह पनि मेयरले मान्नु पर्ने हुसेनको आसय छ। सवै धर्मलाई समान रुपले हेर्नु पर्ने उनको भनाईबाट वुझ्न सकिन्छ।
मेयर साम्पाङले सामाजिक सञ्जालमा कृष्चियनहरुको आग्रहमा केक काटेको कुरा शेयर गरेपछि हुसेनले यस्तो प्रतिक्रिया दिएका हुन।
साम्पाङले शनिवार आफनो फेसवुकमा लेखेका छन्–‘हिजो केक लिएर कृश्चियन दाजुभाइ अफिस आउनु भएको थियो !
केक काट्न अनुरोध गरे ! किन खिन्न बनाइदिनु भनेर केक काटेको मलाई कृश्चियन ठानेछन ! धार्मिक सहिष्णुता राखौ है !’


