काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नयाँ सरकार बनाउन एमाले, माओवादी, राप्रपा र रास्वपालगायतका पार्टीहरु एक भएपछि व्यंग्य गरेका छन् ।
उनले राजा फर्काउछु, चाहिन्न र मा’र्छु भन्ने तीनवटै सरकारमा गएको भन्दै टिप्पणी गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत राजा फर्काउछु, चाहिन्न र मा’र्छु भन्ने तीनवटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्,’राजा फर्काउछु भन्ने,राजा चाहिन्न भन्ने,र ,राजा मा’र्छु भन्ने तीनवटै सरकारमा। हामी प्रजा सधै सास्तीमा।’
आइतबार मात्रै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन्।
हिजो भने बालेनले नवनिर्वाचित सांसदहरुप्रति टिप्पणी गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा लेखेका थिए
‘नयाँ सांसदहरू
नयाँ गफाडीहरू
नेपाल समय
उही पुरानो देश
उही पुराना व्यापारीहरू
सात राजनीतिक दलहरूको समर्थनसहित आइतबार साँझ शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।
जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका छन् ।