नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई राजीनामा दिन दबाब दिइएको छ । नेता गुरुराज घिमिरेले नैतिकताको आधारमा देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
सरकार निर्माणमा सभापति देउवा असफल भएपछि नेता घिमिरेले राजीनामा माग गरेका हुन् । उनले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् ।
‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालि’प्सा र भजनमण्ड’ली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् ।
देउवाले परिस्थितिको सही आकलन गर्न नसक्दा गठबन्धन टुटेको भन्दै उनको चर्को आलोचना भएको छ । यस्तै, कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि देउवाको म नै पार्टी, म नै राज्य हुँ भन्ने अहं’कारले गठबन्धन टुटेको आ’रोप लगाएका छन् ।