नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकारलाई पूूर्णता दिन लागिएको छ । आजसम्म एमालेले राष्ट्रपति र सभामुख बाहेक अन्य बटमलाइनबारे केही कुरा नगरेको माओवादी पदाधिकारी बैठकमा बिफ्रिङ गरिएको छ ।
एमाले अध्यक्ष ओलीले हिजो अध्यक्ष प्रचण्डलाई बधाई र शुभकामना दिने क्रममा ‘सँधै तपाईंले भन्ने गरेको कुरो आज म भन्छु’ भनेका थिए ।
सोही सन्दर्भ उठाउँदै ओलीले भने, ‘सँधै तपाईंले अरुलाई प्रधानमन्त्री बनाएँ भन्दै आउनुभएको छ, आजदेखि मैले तपाईंलाई बनाएँ है !’
आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ४ बजे शपथ लिने कार्यक्रम छ । सो समारोहमा प्रचण्डसँगै चारजना मन्त्रीले शपथ लिने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
नेकपा एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनमत पार्टीबाट सिके राउतले मन्त्रीको शपथ लिने बताइएको छ ।
कसले कुन मन्त्रालय पाउने भन्नेचाहिँ टुंगो लागिसकेको छैन । आइतबार १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।