राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पार्टी भित्रैबाट आलोचना भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेपछि पार्टीमा हलचल भएको हो ।
आइतबार दिउँसो पार्टी सभापतिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले लिखित असहमति जनाएका छन् । उनले उक्त असहमति आजै केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।
कार्यालय सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा कार्कीले नेतृत्व सत्ता स्वार्थमा लि’प्त भएको आ’रोप लगाएका छन् । सत्ताको निम्ति जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनी आम नागरिक निराश भएको अवस्थामा पार्टी दौडिँदै सरकारमा गएको उनको भनाइ छ ।
एकाएक सरकारमा जाने निर्णयले पार्टी सभापतिले यसअघि भन्दै र व्यक्त गर्दै आएका धारणा केवल ‘व्यक्तिगत’ मा सीमित भएको कार्कीले उल्लेख गरेका छन् । पुराना नेता र पार्टीलाई रोक्ने भन्ने पार्टीको धारणा विपरीत सभापति स्वयमले बोक्नुलाई उनले अचम्म मानेका छन् ।
उनले लेखेका छन्, ‘अहिलेको सरकारलाई समर्थन गर्नेहरुको संख्या १६९ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो ।
त्यो पनि न्यूनतम आवश्यकताभन्दा ११ बढी हुने थियो । हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौ ?’
लामिछाने उपप्रधानमन्त्री बन्न लागेको चर्चा छ । कतिपयले रवि लामिछाने पूूर्व सहमति तोडेको भन्दै पार्टी नै फुुटन्सक्ने आँकलन गरेका छन् ।


