नेपाली कांग्रेसको हठका कारण आइतबार देशको राजनीतिमा नयाँ दृश्य देखियो । यस दृश्यमा नायकका रुपमा हालसालै सम्पन्न चुुनावमा तेसो सन पाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएका छन् ।
उनले आफूू एमालेसँग सहकार्य गर्न आउनुुको रहस्य खोलेका छन् । उनले नेपाली कांग्रेसले संविधानको धारा ७६ (३) को प्रक्रियामा लैजाने चालबाजी गरेपछि आफूले राजनीतिक ‘मुभ’ चालेको बताएका छन् ।
सोमवार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले कांग्रेसले आफूहरूलाई अल्मल्याउने मात्र काम गरेको बताएका हुन् । संविधानको धारा ७६ (३) मा जाँदा पहिलो दलको हैसियतले कांग्रेसले स्वतः सरकारको नेतृत्व पाउने अवस्था हुन्थ्यो ।
‘अन्तिमसम्म पनि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान लियो । उसको नियत झुलाएर ७६ (३) मा लैजाने देखियो ।
त्यसपछि एकछिनमा आउँला भनेर म बालुवाटारबाट हिडें,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘बाटोमा हुँदा फोन पनि आएको थियो, तर उनीहरूको नियतचाहिँ सही थिएन ।
त्यसपछि मैले कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु नै उपयुक्त हुने ठानें । यता कुरा मिल्यो र सब चिज भयो ।’
चुनावमा पनि कांग्रेसले इमान्दारीपूर्वक सहयोग नगरेकाले कम्युनिस्टसँगै मिल्नु पार्टीको हितमा हुने प्रचण्डले बताएका थिए । तर, नेपाल कांग्रेसनिकट स्रोतले भने एमालेले ३ बजे आफूू बालुुवाटर आएर कांग्रेसँग मिलेर जाने बताएको दाबी गरेको छ ।
त्यसपछि देउवाले पनि भारत, अमेरिकाका साथै एमालेबाट पनि साथ पाएको महशुुस गरेका थिए । तर, उनले भुुईको टिप्न खोज्दा खल्तीको पनि खसेको छ ।

