सोमबार प्रधानमन्त्री तथा मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ कार्यक्रम सम्पन्न भएको छ । शपथका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समयमै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।
शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना लगायत प्रमुख दलका शीर्ष नेताहरु शीतल निवास पुगेका थिए ।
प्रधानमन्त्री प्रचन्डको सपथ ग्रहण कार्यक्रममाशीतल निवासमा भइरहेको शपथ ग्रहणमा पछिल्लो गठबन्धनका प्रधानमन्त्री देउवा सहभागी भएका हुन्। शपथ ग्रहण कार्यक्रममा डेढ बर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि पुगेका छन् ।
एमाले अध्यक्ष ओली र एसका अध्यक्ष नेपाल सँगै बसेका छन् । पार्टी विभाजन भएसँगै उनीहरु सँगै देखिएका थिएनन् । दुुवैबीच कुुराकानी भए / नभएकोबारे केही खुुलेको छैन । तर, दुुवैजना निराश मुुद्रामा देखिन्थे । ओली पार्टी विभाजन गरेको भन्दै माधवसँग रुष्ट छन् ।