राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनियुुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै पहिलो निर्णयसमेत सार्वजनिक गरेका छन् ।
लामिछानेले ब’लात्का रपछि ह’त्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
पदभार ग्रहण गरेपछि गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय निर्मलाको न्यायका लागि पहल गर्ने हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन समेत निर्देशन दिएका छन् ।
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की बालिका पन्तको बला” त्कारपछि ह’त्या भएको थियो । उनको हत्यामा संलग्न दोषी’को अहिले सम्म पहिचान हुन सकेको छैन् ।
साउन १० गते आफ्नो साथी रोसनी घरमा गहृकार्य गर्छु भन्दै हिँडेकी निर्मला कहिले नफर्कने गरी अस्ताएको ४ बर्ष बढी भइसकेको छ ।