राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका हालसालै नियुुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिजो आफ्नो गठबन्धनका शीर्ष नेताहरुसँग वार्ता गरेका छन् । उनले हिजो साँझ खुमलटार र बालकोट पुगेर भेटवार्ता गरेका हुुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्न साँझ साढे ७ बजे गरेका थिए । करिब २० मीनेटको कुराकानीपछि खुमलटारबाट बाहिरिएका र सोझै उनी सवार गाडी चक्रपथ हुँदै कोटेश्वरबाट पूर्वतर्फ मोडिएको थियो ।
बालकोटमा गृहमन्त्री पुग्दा सवा ८ बजेको थियो । त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समय मिलाइएको थियो ।
दुबै भेटवार्तामा लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका दिपक बोहोरा सङ्गै थिए । बालकोटमा अध्यक्ष ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि छलफलमा रहेको बताइन्छ ।
गृहमन्त्री लामिछानेको पार्टीमा २० जना सांसद रहेका छन् । मन्त्रिमण्डल विस्तार गर्ने चर्र्चा भइरहदा उनको बालकोट र खुुमलटारको यात्रा रहस्यमय छ ।
अर्कातिर, लामिछानेको नागरिकता र पासपोर्टबारेको मुुद्धामा पुुस २२ गते सुुनुुवाई तोकिएकोमा उनको फैसला के आउँला भन्नेबारे चौतर्फी चाँसो उब्जन थालेको छ ।

