राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगेका छन्। बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आम नागरिकले भोगिरहेको सास्तीबारे थाहा पाउन त्रिपुरेश्वरस्थित विभाग पुगेका हुन्।
सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो।
पासपोर्ट लिनका लागि अहिले पनि नागरिक राति देखि नै लाइन लाग्ने गरेका छन्। अनलाइन मार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती अझै भोग्न बाध्य छन्।
यता, सञ्चारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए । तर, त्यतिबेला गृहमन्त्री लामिछाने स्वयम् अमेरिकी राहदानी र दोहोरो नागरिकता लिएको विषयले वि’वादमा परेका थिए ।
त्यसपछि अमेरिकी राहदानी त्यागेका उनले नेपाली नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै त्यसविरु’द्ध अदालतमा मु’द्दा परेको छ । मु’द्दा विचाराधीन रहेकै अवस्थामा उनी मन्त्री नियुक्त भएका हुन् । उनको मुु’द्धामा सर्वोच्चमा पुुस २२ गते सुुनुुवाई हुुने भएको छ ।

