नेकपा माओवादी केन्द्रका नेता एवं नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोखेका छन् । शपथ ग्रहणपछि बसेको पहिलो मन्त्रिपरिषदको बैठकमा उपप्रधान तथा गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच प्रवक्ताका विषयमा विवाद आएपछि श्रेष्ठ थप असन्तुष्ट बनेको स्रोतको भनाइ छ ।
सुरुमा गृहमन्त्रालयको तयारीमा बसेका श्रेष्ठलाई अन्तिममा परारष्ट्र हुँदै भौतिक पुर्वाधार मन्त्रालयमा पुर्याइएको थियो । उनी हाल उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका छन् । असन्तुष्ट श्रेष्ठ मन्त्रालय शपथपछि एकपटकभन्दा मन्त्रालयसमेत नगएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि प्रस्ताव गरेका थिए । तर, पछि ओलीले संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालय दिन भनेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाउन सहमित जनाएका थिए ।
दाहालको उक्त निर्णयपछि असन्तुष्ट बनेका श्रेष्ठले गृहमन्त्रालय बाहिर दिन गलत भएको बताउँदै आएका छन् । श्रेष्ठ निकट एक माओवादी नेताको भनाइमा शितलनिवासमा शपथ लिएर सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दा पनि श्रेष्ठ खुसी थएनन् ।
उनले मन्त्रालयका कर्मचारीले पहिलो निर्णयको लागि तयार पारेको फाइलमा सुरुका दुई वटा निर्णयमा हस्ताक्षर नै गर्न नमानेको उनको भनाइ छ ।
पछि तेस्रो बुँदाको निर्णयमा भने उनले हस्ताक्षर गरेका थिए । शपथ खाएकै दिन साँझ मन्त्रालय पुगेका उपप्रधानमन्त्री श्रेष्ठ ३ दिनदेखि मन्त्रालय नै गएका छैनन् । उनी हात्तिवनस्थित् आफ्नै निजी निवासमा बसेका छन् ।
मन्त्री श्रेष्ठले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई अहिलेसम्म उनको निवासमा पुगेर बधाई नदिएको बताइएको छ ।

