पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो धारका २ पूूर्व नेताहरुलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ । पार्टीले नेकपा एमालेका नेता भीम रावल र पूर्वएमाले नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने तयारी थालेको हो ।
बिहीबार भर्चुअल माध्यमबाट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘घनश्यामजीसँग कुरा भइरहेको छ । उहाँ हामीसँग रहन सकारात्मक हुनुहुन्छ । भीम रावलजीसँग पनि कुरा भइरहेको छ । तर, त्यति अगाडि बढ्न सकेको छैन । तर, उहाँहरु दुवै सकारात्मक हुनुहन्छ ।’
अध्यक्ष नेपालले रावल र भुसाललाई पार्टीमा ल्याउने तयारी भइरहेको बताए पनि उनीहरुले भने केही प्रतिकृया दिएका छैनन् ।
प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएका कारण रावल असन्तुष्ट छन् भने भुसाललाई एमालेले साधारण सदस्यसमेत नरहनेगरी का’रबाही गरेको छ ।