नेपाल कम्यनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव आएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमलाई फेरि उपप्रधानमन्त्रीको प्रस्ताव गरेका हुुन्।
नेकपा एकीकृत समाजवादीलाई प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने आग्रह लिएर आलोकनगर पुगेका गौतमलाई माधवले आफै सरकारमा जान प्रस्ताव रेका हुुन् । अध्यक्ष नेपालसँग भेटवार्ताको निम्ति नेता गौतम अस्ति मंगलबार अपरान्ह नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय,आलोकनगर गएका थिए ।
नेपालसहित पार्टी पदाधिकारीहरुसँग संयुक्त कुराकानी हुँदै गर्दा अध्यक्ष नेपालले गौतमलाई भने ‘अभियान छाडेर हाम्रो पार्टीमा सामेल हुनुहोस् । त्यसपछि उपप्रधानमन्त्रीसहित सरकारमा पनि जानुहोला ।’
अध्यक्ष नेपालको कुरो सुनेपछि पार्टी पदाधिकारीहरु अचम्ममा परेको बताइन्छ । तर,गौतमले भने खासै प्रतिक्रिया नदिएको सहभागी एक जनाले बताए । गौतमको भनाइ उद्धृत गर्दै उनले भने, ‘म आफ्नो पार्टी एकता राष्ट्रिय अभियान बलियो बनाएपछि मात्रै सरकारमा जाने हो ।’