कम्बोडियाको पोइपेट सहरको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा आ’ गलागी भएको छ । थाइल्याण्डको सिमानास्थित उक्त होटल र क्यासिनोमा भएको आ’गला’गीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेले ज्या’न गुुमा’एका छन् ।
उनले आफ्नो ज्या’न जोगाउन क्यासिनोको १२ औं तलाबाट हा’म फालेको बताइएको छ। हा’म फाल्नु अघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेको परिवारले जनाएको छ ।
पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए। पाण्डेले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको भिडिओ कुराकानी गरेका हुुन्।
उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइ’रन सुनिन्छ। कोठाभित्र धुँ’वा छिर्न थालेको देखिन्छ। अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भन्छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू।’
त्यसपछि उनले छोरालाई सम्झाउँछन्, ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’
भिडियो कलमा आफू उक्त क्यासिनोको १२ औं तलामा रहेको र अब त्यहाँबाट हा’म फाल्नुको विकल्प नरहेको बताएका थिए । पाण्डे एक महिनाअघि कम्बोडिया पुगेको बताइएको छ ।
उनी यसअघि पनि करिब ३ महिना कम्बोडियामा बसेर नेपाल फर्किएका थिए । उक्त क्यासिनोमा ४०० जना कार्यरत रहेको र त्यहाँ कार्यरतमध्ये अधिकांश कामदार थाइल्यान्डका भएको बीबीसीले उल्लेख गरेको छ ।