यो साता नेपाली राजनीतिमा ठूूलै उथलपुुथल देखियो । नेपाली कांग्रेस र माओवादीले पन्ध्र बीस बर्षसम्म गठबन्धन जाने बताइरहदा सत्ता गठबन्धन भत्किनुुको कारण सभापति शेरबहादुुर देउवासमेत सोचिरहेका छन् ।
तर संस्थापन पक्षले पनि माओवादीलगायतसँग भएको गठजोड भत्किनुमा अहिले चर्को स्वर गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिका समेत रहेको तर्कसहित उपस्थित हुने रणनीति बनाएको छ।
एक नेता भन्छन्,‘सबै दोष सभापतिको मात्र हो कि त्यहाँभित्र रहेका प्रक्रियामा सहभागी हुने महामन्त्रीको पनि हुन्छ ? यो प्रश्न उठ्नेछ।’
सभापति देउवाले राजीनामा दिनुपर्ने लगायतका माग समेत उठिरहेका बेला आगामी केन्द्रीय समितिको बैठकमा चर्काचर्की समेत हुने सम्भावना बढेर गएको अनुमान गरिएको छ।
सभापति देउवाले कार्य सम्पादन समितिको बैठकमा आफू प्रधानमन्त्री बन्ने प्रस्ताव राख्दा माओवादी लगायत सत्ता गठबन्धन टुटाउन नहुने विषयमा महामन्त्रीद्वय थापा र शर्माले पनि समर्थन गरेका थिए।
उक्त प्रस्ताव पुनर्विचार गर्ने विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेलले भने पनि दुई महामन्त्री चुइँक्क बोलेनन्।
जसरी कार्य सम्पादन समितिले देउवाको नेतृत्वमा सरकार बनाउने प्रस्ताव पारित गरेको थियो, त्यसरी नै बालुवाटारमा अडान कायम राखिएको थियो।
त्यसबेला दुवै महामन्त्री पोखरा साहित्य उत्सवमा पुगेका थिए। तर, जब गठबन्धन भत्कियो उनीहरूले देउवातिर देखाउँदै भने,‘हामीलाई टेलिफोन समेत गरिएन।’

