तत्कालिन प्रधानमन्त्री शेरबहादुुर देउवा पत्नी आरजू राणाले पार्टीकै महामन्त्री गगन थापामाथि कटाक्ष गरेकी छिन् । गत पुुस ११ गते सोमबार दिउँसो अढाई बजेतिर आफ्ना पतिसँग बिदा माग्न आएका २ जना महिला मन्त्रीसामु देउवापत्नी राणाले गगनको कुुरा लगाएको खुुलेको छ ।
भूमिसुधार र ऊर्जामन्त्री शशी श्रेष्ठ र पम्फा भुषालका गगनको हड्डीदेखि हाँसो खुलेको र बहादुुरी देखाइरहेको भन्दै कटाक्ष गरेकी हुुन् ।
सोमबार दिउँसो बालुवाटार छाड्नुअघि आफैँसँग बिदा हुन आएका केही कर्मचारी र पूर्वमन्त्रीलाई भेट्दा सरकार ढल्नु र पुनः प्रधानमन्त्री हुन नसक्नुप्रति उनमा कुनै पश्चात्ताप वा गल्तीको भाव देखिँदैन थियो ।
बरु, ‘रवि लामिछानेले आफूसँग मन्त्री चाहियो भन्दै थियो, उपप्रधानमन्त्री पो पाएछ’ भन्दै आश्चर्य प्रकट गरिन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री बन्नुुअघि मन्त्री मागेको भन्दै आफैले पोल खोलेकी हुुन् ।

