बिहीबार राति कम्बोडियोको पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको भी’षण आगलागीका क्रममा एक नेपालीको ज्या’न गएको छ । आगलागिमा झापाका निराकार पाण्डेको ज्या’न गएको हो ।
निराकार पाण्डे दशैँअघि पहिलो पटक कम्बोडिया पुगेका थिए । पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएका थिए ।
भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटक थाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।
क्यासिनोका १२ औं तलामा बसेका उनी लामो समयसम्म उ’द्धार हुन नसकेपछि झ्यालबाट हा’मफालेको खबर प्राप्त भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले जानकारी दिए । झ्यालबाट हा’मफालेका उनको घटनास्थलमै मृ’त्यु भएको थियो ।
कम्बोडियाकै तीन सहर सेमरिप, बाटाबहुँ र राजधानी फोनमपेनमा व्यापार गर्दै आएका खड्कासँग दुई दिनअघि मात्रै पाण्डेले भेट गरेका थिए । सो क्रममा निराकारले आफूले कम्बोडियामा व्यापार गर्न चाहेको र सहयोगको आग्रह गरेका थिए । दशैँअघि पहिलो पटक आफ्नो रेस्टुरेन्टमा आएकै बेला पाण्डेसँग भेट भएको उनले स्मरण गरे ।
‘दशैँअघि मेरो रेस्टुरेन्टमा आइपुग्नु भएको थियो । त्यतिबेला चिनजान भएसँगै एनआरएनएको अध्यक्ष हुनुहुँदो रहेछ सहयोग चाहियो भन्नुभएको थियो’, खड्काले स्मरण गरे, ‘यहाँ एक महिनाको पर्यटक भिसा र पछि यतैबाट एक महिना थप्न मिल्नेगरी दुई महिनाको भिसा हुन्छ ।
त्यतिबेला भिसा सकिन लागेकाले नेपाल फर्केर फेरि आउँछु भनेर फर्कनु भएको थियो र तिहार सकेर आइहाल्नु भयो ।’ कम्बोडिया फर्किएपछि राजधानी सहर फोनमपेनमा दुई दिनअघिमात्र भेट भएको र सो क्रममा रेस्टुरेन्ट व्यवसाय गर्न लागेको सुनाएको खड्काले स्मरण गरे ।