दुर्गेश थापामाथि ढुङ्गा प्र’हार भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आ’क्रमण भएको हो।
मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहा’र भएपछि उनको प्रस्तुति रोकिएको थियो। आ’क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
पल शाहलाई फसा’उन सहयोग गरेको भन्दै थापा विवा’दमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहा’र गरेको हुनसक्ने अनुमान रहेको छ।
शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्र’हार गरेको भन्ने विषयमा अनुस’न्धान भइरहेको बताइएको छ। व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।
यस्तै, शुक्रबारदेखि नेपाली फिल्म डिसेम्बर फल्सले प्रदर्शन सुरु गरेको छ। प्रवीन झाको निर्देशन तथा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले एकल प्रदर्शन थालेको हो।
एक्सन, लभ स्टोरी, ड्रामा जनरामा बनेको फिल्मले मल्टिप्लेक्समा २० देखि ४५ प्रतिशत सम्मको सो पाएको छ। भने दर्शकको उपस्थिति भने औसत मात्रै देखिएको छ।
पहिलो दिनको बिहानका अधिकांश सोमा ३० प्रतिशतभन्दा कम अकुपेन्सी देखिएकोमा साँझका सोमा भने केही सुधार हुने देखिएको छ।
डिसेम्बर फल्सको लागि सबैभन्दा ठूलो चुनौतीको रूपमा दुई हप्ताअघि प्रदर्शनमा आएको हलिउड फिल्म अवतार स् द वे अफ वाटर देखिएको छ।