पूूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई काउन्टर दिएका छन् । उनले नेपाललाई एक पद रोज्न प्रस्ताव गरेका हुुन् ।
शनिवारबाट जारी स्थायी कमिटी बैठकमा आज आफ्नो लिखित धारणा राख्दै सम्मानित नेता खनालले एक ब्यक्ति एक पदको प्रस्ताव गर्दै अध्यक्ष नेपाललाई संसदीय दलको नेता वा अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेपछि एस पार्टीमा हलचल भएको छ ।
सम्मानित नेता खनालले बैठकमा आफ्नो २६ बुँदे लिखित धारणा राख्नभएको छ । सो क्रममा खनालले नेकपा एकीकृत समाजवादी अब हिडनुपर्ने बाटो भन्ने उपशीर्षकमा धारणा राख्दै एक ब्यक्ति एक पदको अवधारणा ल्याएका हुुन् ।
‘पार्टीमा माथिदेखि तलसम्म एक पद एक व्यक्ति प्रणाली कडाइका साथ लागू गरौँ र सबैलाई ठोस जिम्मेवारीमा केन्द्रित बनाऔं,’ खनालको प्रस्तावमा भनिएको छ ।
नेकपाकालिन समयमा नेपालले एक ब्यक्ति एक पदको अडान कडाइका साथ राखेको भन्दै खनालले अव पार्टीमा त्यो काम हुनैपर्ने बएका छन् ।
एमालेसँग एकता गरेर माधवलाई राष्ट्रपति बनाउने हल्ला
एमालेका कतिपय नेताहरु र एकीकृत समाजवादीका नेताहरु एकताको पक्षमा बलियो रुपमा उभिएका छन् । माओवादीले पनि एमालसँग विगतका गल्तीहरु भुुलेर सहकार्य गरिरहेकाले एकीकृत समाजवादीमा पनि एकताको आवाज उठिरहेको छ ।
एमालेका दोस्रो तहका नेताहरु पनि पार्टी जोडेर ठूूलो बनाउन सक्रिय छन् । यसैबेला झलनाथ झस्किएका छन् । पछिल्लो सयम माधवलाई राष्ट्रपति बनाएर एमालेसँग एकता गर्ने तयारीमा एकीर्कत समाजवादी रहेको भन्दै हल्ला चलिरहेको छ । तर, यसको पुुष्टि हुुन सकेको छैन । माधव स्वयमले भने यो कुुरा नकारेका छन् ।

