कलाकार दुर्गेश थापामाथि नायक पल शाहका समर्थकहरुले ढुुं’गा हानेका छन् । शनिबार बेलुका कपिलवस्तुको चनौटामा जारी महोत्सवमा प्रस्तुति दिइरहेका कलाकार दुर्गेश थापामाथि ढुुं’गा हानिएको हो ।
नायक पल शाह र गायिका समिक्षा अधिकारीबीचको वि’वादमा खलपात्रको भूमिका खेलेको भन्दै वि’वादित बनेका कलाकार थापामाथि सोही कुरालाई लिएर स्टेजमै ढुंगा प्र’हार भएको हो ।
शाहलाई थापाले फसाउन सहयोग गरेको शाह समर्थित शुभ चिन्तकको आ’रोप छ । नायक शाह हाल नाबालिका बला”त्कारको आ’रोपमा हि’रासतमा छन् ।
उनीमाथि आ’क्रमण भएपछि महोत्सवस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । ढुंगा प्र’हार भएपछि कार्यक्रम रोकिएको थियो । वडा प्रहरी कार्यालय चन्द्रौटाले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
यस अघि गायिका समिक्षा अधिकारीमाथि पनि ढु’ङ्गामुढा भएको थियो। कार्तिक १८ गते संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–६ पाङ्ठा बजारमा गीत गाउन स्टेजमा चढे लगत्तै उनीमाथि ढुङ्गा प्रहा’र भएको हो।