आफ्नो जीवनकै अकल्पनीय घटना घटेपछि बाहिरी क्रिकेट मैदानबाट केही महिनाअघि अलग भएका क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटलाई भने छोड्न सकेका छैनन् ।
सन्दीपको दिनचर्या पा्रयजसो क्रिकेटमै बितिरहेको छ । अहिले उनी एक १७ बर्षीय बालिकामाथि ब’लातकार गरेको आरो’पमा केन्द्रीय कारागार सुन्धारामा दिन बिताइरहेका छन् ।
लामिछानेले आ’रोप इन्कार गर्दागर्दै जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते लामिछानेलाई पु’र्पक्षका लागि कारा’गार चलान गर्ने आदेश दिएको थियो ।
जिल्लाको आदेशविरु’द्ध सन्दीपले उच्च अदालत पाटन निवेदन दिएका छन् । तर उच्च अदालतमा हालसम्म निवेदन उपर सुनुवाइ हुन सकेको छैन् ।
जे’ल प्रशासनका अनुसार उनी अरु कै’दीहरुसंगै बस्छन् भने भेटघाटका लागि पनि प्रायजसो परिवारका सदस्य मात्रै पुग्ने गरेका छन् ।
कारागार कर्मचारीका अनुसार उनी ‘टेनिस’को बलले कारागारभित्र रहेको खेलमैदानमा क्रिकेट खेल्ने र अरुलाई पनि सिकाउँने गर्छन। उनले प्रशिक्षकको रुपमा अरुलाई ब्याटिङ र बलिङ गर्न सिकाउने गरेको कर्मचारीहरु बताउँछन् ।
सन्दीपवि’रुद्ध १७ वर्षीया नाबालिकालाई बला’त्कार गरेको उ’जुरी परेको छ। उ’जुरीमा भदौ ५ मा काठमाडौंको पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा लगेर ब”लात्कार गरेको आ’रोप छ।