काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई उपमेयर सुनिता डंगोलले काउन्टर दिएकी छिन् । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजनामा उपमेयर सुनिता डंगोलले असहमति प्रकट गरेकी हुुन् ।
उनले टुँडिखेलको आफ्नै ऐतिहासिक महत्व रहेकोले त्यसलाई मास्ने योजना महानगरको हुन नसक्ने बताएकी छन् ।
सोमबार खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना फिर्ताका लागि दबाब दिन गएको टोलीको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले मेयर बालेनले अगाडि सारेको भूमिगत पार्किङको योजनाको पक्षमा जनचाहना नभए त्यो काम अगाडि बढ्न नसक्ने बताइन् ।
उनले लोकतन्त्रमा सबैभन्दा माथि जनता हुने प्रष्ट पार्दै जनचाहना भन्दा वि’परीत कुनै निर्णय नहुने बताइन् । अहिले धरहरा लगायतका स्थानमा पनि भूभिगत पार्किङका लागि संरचना तयार भइरहेकोले खुलामञ्च मासेर पार्किङ बनाउनुपर्ने आवश्यकता नै नरहने उनले बताइन् ।
‘लोकतन्त्रमा सबैभन्दा माथि जनता छ । जनताको मर्मलाई हामी जनप्रतिनिधिले पहिलो प्राथमिकतामा राख्नैपर्छ’, डंगोलले भनिन्, ‘टुँडिखेल महत्वपूर्ण थलो हो । जनताको चाहनाबिना कुनै पनि काम महानगरले गर्नेछैन ।’
टुँडिखेलमा भूमिगत पार्किङ बनाउने योजना फिर्ता लिन माग गर्दै सोमबार वि’रोध प्र’दर्शनसहित अकुपाई टुँडिखेल अभियानको टोली ज्ञापन बुझाउन महानगरको कार्यालयमा पुगेको थियो ।
यो टोलीलाई मेयर बालेन्द्र शाह बालेनले भने भेटेका थिएनन् । मेयर नभेटिएपछि उपमेयरलाई ज्ञापनपत्र बुझाइएको थियो ।