नेकपा एकीकृत समाजवादीका नेता, पूूव पर्यटनमन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र अर्की सांसद माया राईले पद तथा गोपनीयताको शपथ खाएका छन् । उनीहरुले मंगलबार शपथ लिएका हुुन् ।
उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराए। राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु छुटेका थिए । आले मातृशो’कमा थिए भने राई सुत्के’री भएर अस्पतालमा थिइन् ।
यो पनिः कांग्रेस संसदीय दलको मुख्य सचेतकमा रमेश लेखक
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेका छन्।
संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

