नेपाली राष्ट्रिय क्रिकेट टोली निलम्बित कप्तान सन्दीप लामिछानेको न्यायका लागि अर्का क्रिकेटरले आवाज उठाएका छन् । टोलीका एक सदस्य आरिफ सेखले ब’लात्कार आरो’पमा पु’र्पक्षका लागि थु’नामा रहेका लामिछानेको न्यायका लागि अभियान नै चलाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ‘जस्टिस फर सन्दीप’ अभियान चलाएका हुन् । उनले सन्दीपले न्याय पाउनुपर्ने धारणा राख्दै फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकुन् भनी कामना पनि गरेका छन् ।
न्यायका लागि चल्ने संघर्षमा साथ दिनु सबैको कर्तव्य रहेको पनि उनले बताएका छन् । एक नाबा’लिग किशोरीलाई बला”त्कार गरेको आरो”पमा सन्दीप पु’र्पक्षका लागि थु’नामा छन् ।
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–२० लिगको ‘स्पट फिक्सिङ’को विषयमा छान’बिन गर्न माग गरेका छन् ।
क्यानले नै आयोजना गरेको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भइरहेको सुन्दा दुःख लागेको बताउँदै उनले तत्काल निष्पक्ष छा’नबिन गर्न माग गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपाली क्रिकेटले विभिन्न अध्याय, सङ्घर्ष र खुड्किलाहरू पर गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतार चडावकै बीच नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’
पारसले थपे, ‘खेलाडीहरूको वर्षौ देखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वास र क्रिकेटसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ । यो अपराधको निष्पक्ष छान’बिन गरेर दोषीलाई कडा कार’बाही गरियोस् ।’