नेपाली सेनाले कर्मचारी माग गरेको छ । सेनाले १८ जना वृक्षरोपण हेरालु मागेको हो । काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षरोपण हेरालु राख्न लागेको हो ।
सडक निर्माणको क्रममा रुख काटिएका थिए । त्यसको क्षति पूर्तिस्वरुप वृक्षरोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षरोपण हेरालु राख्न लागिएको हो ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन् । कार्यक्षेत्र बाराको जितपुर, सिमरा तथा निजगढ नगरपालिका रहेको छ । पारिश्रमिक मासिक १८ हजार उपलब्ध हुने जनाइएको छ ।
यस्तै, श्री नम्बर ५ बाहीनी अड्डा दिपायलमा सञ्चालन भएको सि।सं। १४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) बुधबार सम्पन्न भएको छ ।
श्री नम्बर ५ बाहीनी अड्डा दिपायलका बाहिनीपती सहायक रथी दिपेशजंग शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बाहिनीपती सहायक रथी दिपेशजंग शाहले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरुलाई वधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गरेका थिए ।
दिक्षान्त समारोहलाई सम्बोधन बाहीनीपती सहायक रथि शाहले राष्ट्रीय अन्र्तराष्ट्रीय गौरबमय ईतिहास बोकेको नेपाली सेनाले जहीले पनि राष्ट्रीय स्वतन्त्रता, स्वाधिनता र राष्ट्रीय एकताको पक्षमा काम गर्नुपर्ने बताए ।
उनले भने राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो, सेनाको मेरुढण्ड भनेको तालिम प्राप्त सिपाई हो त्यसैले नेपाली सेनाले जहिले पनि राज्य प्रति बफादार भई नेपाली सेनाको मुल्य मान्यतालाई आत्मसाथ गरि नेपाली सेनाको छबी उच्च राख्न सदैब तयार हुनुपर्छ ।
कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट हुने सैन्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । श्री नम्बर ५ बाहीनी अड्डा दिपायलबाट ९३ जना सिपाईहरु दिक्षित भएका थिए ।

