नेकपा माओवादी केन्द्रका नेता, उपप्रधानमन्त्री सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका नारायणकाजी श्रेष्ठ मन्त्रालय नगएको भन्दै विभिन्न टिकाटिप्पणी भए । वरीयताक्रम नमिलेको भन्दै उनी मन्धालय नगएको चर्चा भएपनि भित्री कारण अर्को पनि रहेको पाइएको छ ।
माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरभेटी शारदा प्रसाद अधिकारी पनि एउटा कारण भएको माओवादी निकट स्रोतले बताएको छ । श्रेष्ठले भौतिक मन्त्रालयको जिम्मेवारी पाएसँगै अधिकारी भने उत्साहित हुन पुगेको खबर छ ।
मन्त्रालय मातहतका एक दर्जनभन्दा बढी ठेक्का ओगटेर समयमा काम नगरेको, प्रचण्ड अधिकारीको शैलुङ्ग निर्माण कम्पनीको संरक्षक रहेको आरोप लाग्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डकै आड भरोसामा उनले कृषि सामग्री कम्पनीको रासायनिक मल खरिदको ठे’क्कासमेत हात पारेका थिए । तर, समयमा मल ल्याउन नसक्दा उनको कम्पनी का’लोसूचीमा परेको छ ।
सडक विभाग अन्तर्गत ठेक्का लिएको काम सम्पन्न नगरेको गुनासो बढेपनि मन्त्रालयले शैलुङ्ग निर्माण कम्पनीलाई कारवाही गर्न सकिरहेको छैन । नुवाकोटको रानी पौवा सडकको काम वर्षौंसम्म नगरेको कारण काडमाडौं उपत्यकाको फोहोर ल्याण्ड फिल्ड साइड ओखर पौवासम्मा लैजान समस्या परेकोमा ठेकेदार अधिकारीको निकै बि’रोध भयो ।
सडक विभागले ठेक्का तोडेर अर्कै निर्माण व्यवसायीसँग संझौता गरेर कामलाई निरन्तरता दिंदै आएको छ । भौतिक मन्त्रालय पुन नेकपा माओवादीको भागमा परेपछि अधिकारी भने हर्षित हुन पुगेको बताइन्छ । तर, उपप्रधानमन्त्री श्रेष्ठ भने ठग ठेकेदारप्रति असन्तुष्ट रहेको उनी निकट स्रोत बताउँछ । – साँघुबाट

