राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा खटाइएका घुमुवा प्रहरीको विवरण मागेपछि प्रहरीमा हलचल भएको छ । प्रहरीले सूचना संकलनका लागि सुरा’कीका रुपमा खटाउने प्रहरीकै बिवरण माग्ने निर्णय गृहमन्त्री लामिछानेले गरेका हुु्न् ।
गृहमन्त्री लामिछानेले पुस १८ गते दुवै प्रहरी संगठनले खटाएका सादा पोशाक (घुमुवा) का रुपमा परिचालिन प्रहरी कर्मचारीको बिवरण माग्ने निर्णय गरेका हुन् । सूचना संकलन र अप’राधी पत्ता लगाउने प्रयोजनका लागि खटाइएका ती कर्मचारीको बिवरण दिन नमिल्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
तर मन्त्रीको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव गोबिन्दप्रसाद रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मुख्यालयलाई पत्र पठाउँदै ३ दिनभित्र घुमुवा टोलीको बिवरण मन्त्रालय पठाउन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीमा घुमुवाको दरवन्दी नै छैन । सादा पोशाकमा खटाइने प्रहरीलाई नै घुमुवाको रुपमा परिचालिन गर्ने गरिएको छ । नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालयमै अप’राध अनुसन्धान ब्यूरो, विशेष व्यूरो र अप’राध महाशाखामा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउने गरेको छ । सशस्त्र प्रहरी इन्टे’लीजेन्स व्यूरोमा कार्यरत सशस्त्र प्रहरीलाई सादा पोशाकमा खटाउने गरेको छ ।
यसबाहेक कार्यालय प्रमुखले पनि आवश्यक सुचना संकलनका लागि सादा पोसाकमा प्रहरी खटाउने गरेका छन । सूचना संकलन र सु’राकीको काममा प्रयोग हुने जनशक्तिको बिवरण यसअघि कहिल्यै माग्ने गरेको थिएन ।
तर यसपटक गृह मन्त्रालयले घुमुवा प्रहरीको विवरण मागेपछि भने दुवै प्रहरीलाई संकट परेको छ । गृहमन्त्री लामिछानेलाई यस्तो बकवास निर्णय गराउन गृहसचिव बिनोद प्रकाश सिंहले नै उ’क्साएको स्रोतले जनाएको छ। गृह मन्त्रालयको यो निर्णयप्रति प्रहरी अधिकृतहरुले ग’म्भीर आपत्ति जनाएका छन ।

