उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता र राहदानीबारे सर्वोच्च अदालतमा सुनुवाई जारी छ । सर्वोच्चको संवैधानिक इजलासमा आज लामिछानेविरु’द्ध परेको मु’द्दामा सुनुवाई भइरहेको हाने ।
लामिछानेले एकै समयमा अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । प्रहरीले अमेरिकी नागरिकता कायमै राखेर नेपाली राहदानी लिएको विषयमा प्रहरीले छा’नबिन गरिरहेको थियो ।
आफूमाथि छानबिन गरिरहेकै निकायको नेतृत्व गर्ने गरी विभागीय मन्त्री नियुक्त भएकामा लामिछानेको आलोचना हुँदै आएको छ । झु’ठा विवरण पेस गरी नागरिकता र राहदानी लिइएमा त्यो फौज’दारी अभि’योग ठ’हर हुने कानूनमा उल्लेख छ ।
राहदानी ऐन–२०७६ को दफा २१ (क) मा झु’ठा विवरणका आधारमा राहदानी लिइएको अवस्थामा दुई देखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कै’द तथा दुवै सजा’य हुने व्यवस्था छ । यदि अमेरिकी नागरिकता कायमै रहेका बेला नेपाली राहदानी लिएको प्रमाणित भए लामिछानेमाथि जरि’वाना र कै’द सजा’य हुन सक्छ ।
गत ४ मंसिरको निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने ११ पुसमा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए । संवैधानिक इजलासबाट लामिछानेसँग दोहोरो पासपोर्ट रहेको ठ’हर भए उनको सांसद र मन्त्री पदसमेत जानेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेको पार्टी अध्यक्ष पद पनि गुम्नेछ ।

