पछिल्लो समय गृहमन्त्रालयले गर्न थालेको काम चर्चामा आउन थालेको छ । शनिबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दा कार्यक्रममा उनका लागि छुट्टै कुर्सीको व्यवस्था गरिएको थियो ।
तर, उनी कुर्सीमा बसेनन् । बरु हटाउन लगाए । आफूलाई छुट्टै कुर्सीको आवश्यकता नपर्ने भन्दै उनले मञ्चमा सहभागी अरूले प्रयोग गरेको सरहको कुर्सी ल्याउन आग्रह गरे ।
केहीबरेमा उनका लागि अरूहरूले प्रयोग गरेकोजस्तै कुर्सी ल्याइन्छ । अनि मात्र उनी बस्छन् । सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले संगठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाएर म्यान्डेटअनुसार काम गर्नुपर्ने बताए ।
साथै उनले तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचु ङगोला र छाङगरुको कठ्याङग्रीदो चिसोमा तैनाथ भएका अधिकृत तथा जवानहरूको बसाइका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताए । उनले आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

