उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पिर्कामाथि चढेर सलामी लिएको तस्बिर भाइरल भएको छ । यसअघि उनले मन्त्री निवास छिर्दा पिर्का हटाएको भन्दै उनको प्रशंसा भएको थियो ।
तर, आज शसस्त्र प्रहरीको एक कार्यक्रममा पिर्के सलामी लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सचिवालय समेत तनावमा छ । उनले पिर्के सलामी नलिएर राम्रो उदाहरण दिएको भन्दै सचवालय संयोजक दीपक बोहोराले केही दिनअघि एक तस्बिर सार्वजनिक गरेका थिए ।


यष्सैबीच, रविको तस्वीर सेयर गर्दै नायिका सुरक्षा पन्तले व्यंग्य गर्दै कविता लेखेकी छन् । पिर्कालाई हिमालको विम्बको रुपमा प्रस्तुत गर्दै उनले सत्तामा पुगेपछि बदलिने शासकको चेतनामाथि व्यंग्य गरेकी छन् ।
सुरक्षाको नयाँ कविता सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ । पछिल्लो समय नेपाली राजनीतिमा पिर्का कसरी सत्ता लोलुपताको रुपक बनेको छ भनेर उनले कवितामार्फत भन्न खोजेको देखिन्छ ।


