२८५९ औँ ल्होछार माघ ७, ८ र ९ गते गरी तीन दिन बिदा दिएर भव्यताका साथ मनाउने तयारी भएको छ । काभ्रेको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व २८५९ औँ ल्होछारका लागि यस्तो तयारी गरेको हो ।
गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा बसेको बैठकले माघको ७, ८ र ९ गते गरी तीन दिन ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीता गरी मनाउने निर्णय गरेको हो।
तावर ल्हो (विरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीता पनि उनले उनले बताए।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्हाछोरलाई सबै समुदायको साझा पर्व र एकता भावको रुपमा मनाउने गरी तयारी गरिएको बताए। साथै त्यसका लागि गाउँपालिकाभर तीन दिन बिदा दिने तयारी भएको समेत उनले बताए।
‘हामीले ल्होछार नितान्त तामाङ समुदायको मात्रै नभई दशैँ झैँ यो हामी सबैको हो भन्ने अवनत्व गराउन उपाध्यक्ष जिम्बाको संयोजत्वमा गठित ल्होछार आयोजक समितिमा तामाङसँगै मगर, क्षेत्री, बाहुन लगातका समुदायको व्यक्तिलाई समेत सहभागी गराएको छ,’ उनले भने, ‘यसले खानीखोला गाउँपालिकामा मात्रै नभई देशमै एक खालको सकारात्मक सन्देश जाने विश्वास गरको छ।’
प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र आदिले सम्मान गरिनेछन्। ल्होछारको अन्तिम दिन (माघ ९) गतेको कार्यक्रममा सहभागीहरुलाई आ–आफ्नो घर उपलब्ध भुटेको मकै, जुनेलो, पिडाँलु, तरुल लगायतका फलफूल जे सकिन्छ त्यसलाई लिएर आउन आव्हन गरेका छन्।
शनिबार बसेको बैठकले उपाध्यक्ष जिम्बाकै संयोजकत्वमा ३५ सदस्यीय सोनाम ल्होछार मूल आयोजक समितिसमेत गठन गरेको छ।
समितिका संयोजक जिम्बाको अनुसार ल्छोरको पहिलो दिन अर्थात् माघ ७ गते सेग्र्याम्, दोस्रो दिन ताम्बा र ह्वाईखा (कविता) प्रतियोगिता हुनेछ भने अन्तिम दिन बृहत सांस्कृतिक कार्यक्रमसँगै खानीखोला जन्मिएर विभिन्न क्षेत्र उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान कार्यक्रम–२०७९’ प्रदान समेत गरिनेछ।