सिरहा- शिक्षिका अम्बिका लम्सालले पानी भनेर स्प्रिट दिएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जनाकुमारी महराको ज्या’न गएको छ । शिक्षिका लम्सालले पानी भनेर झु’क्किएर स्प्रिट दिएको र त्यो खाएकाले सिर्जनाको ज्या’न गएको हो ।
सिर्जनाको उपचारका क्रममा हिजो शनिवार कर्जन्हाको फुलकुमारी महतो अस्पतालमा ‘ज्यान गएको प्रहरीले जनाएको छ । उनी सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा अध्ययन थिइन् ।
यता, छात्राको ज्यान गएपछि स्थानीयवासीले आ’न्दोलन गरेका छन् । उनीहरूले शिक्षिकाको ला’पर्बाहीका कारण छात्राको ज्या’न गएको भन्दै बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको मिर्चैयामा सडक बन्द गरेर आन्दो’लन गरिरहेका छन् ।
स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामु’ढा गरेका छन् । ढु’ङ्गामुढाबाट कार्यालयमा क्ष’ति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।
अस्ति शुक्रवार पेट दुखेपछि सिर्जनाले औष’धि खान पानी मागेकी थिइन् । सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले विद्यालयकी शिक्षिकाले छात्रालाई पानीको सट्टा सिसा सफा गर्ने स्पिरिट खुवाएको बताए ।