ऋचा स्मृति टि–ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १५ देखि २२ गतेसम्म मोरङमा हुने भएको हो । मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा आयोजना हुने ऋचा स्मृति टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। ऋचा स्मृति प्रतियोगिताका विजेता टोलीलाई नगद एक लाख, उप–विजेताको टोलाई ५० हजार रुपैयाँ दिइने ज जनाइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वउपाध्यक्ष नरेश श्रेष्ठ, पूर्वराष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र नेपाल पुलिस क्रिकेट टिमका कप्तान मन्जित श्रेष्ठका बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघ अष्ट्रेलियाका अध्यक्ष विवेक श्रेष्ठकी पत्नी रिचा श्रेष्ठको स्मृतिमा क्रिकेट प्रतियोगिता हुन लागिएको हो । ऋचाको दुई बर्ष अगाडी अष्ट्रेलियामा निधन भएको थियोे । ऋचा स्मृति टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो सिजन अष्ट्रेलियामा भएको थियो ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु ‘नक्कली बम’ आज बिहान हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा- ४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालयभित्र आज बिहान बाकसजस्तो देखिने तार निस्किएको शंकास्पद वस्तु फेला परेकाे प्रहरीलाई खबर आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले बताए ।
खबर प्राप्त भएपछि मकवानपुर प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । सेनाको डिस्पोजल टोली उक्त शंकास्पदज बस्तुको चेकजाचँ गर्दा बम नभएको पत्ता लागेको मकवानपुरका प्रहरी नायब उपरीक्षक प्रबक्ता जयश्वर रिमालले जानकारी दिए । उक्त शंकास्पद बस्तु बम नभई बमजस्तो देखिने नक्कली बम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।