नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको अहिले न्यायको लागि लडाईँमा छन् । उनका वकिल सरोज कृष्ण घिमिरेका अनुसार सन्दीप आफू निर्दोष रहेको भन्दै पूर्ण विश्वस्त छन् । उनी आफूले कुनै गल्ती नगरेको बताउँछन् ।
घिमिरेका अनुसार सन्दीपको मु’द्दामा चासो राख्ने समर्थकबाहेक सर्वाधिक बढी उनलाई अन्तर्राष्ट्रिय खेलाडीहरूले सोध्ने गरेका छन्। घिमिरे भन्छन्, ‘विभिन्न देशका प्रतिष्ठित खेलाडीहरूले वाट्सएपमा म्यासेज गरिरहन्छन्।
कतिपयले फोन नै गरेर सन्दीपको अहिलेको अवस्था अनि मु’द्दाका बारेमा जानकारी लिने गरेका छन्।’ घिमिरेका अनुसार इंग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, भारतलगायतका देशबाट प्रतिष्ठित खेलाडीहरूले सन्दीपको मुद्दाको बारेमा चासो राख्ने गरेका छन्।
‘केही नाम चलेका अन्तर्राष्ट्रिय खेलाडीहरूले आफू आउँदा सन्दीपलाई सपोर्ट हुन्छ भने २४ घन्टाभित्र काठमाडौँ उत्रिन्छौँ भनेर समेत म्यासेज गरेका छन्’, घिमिरेले भने।
खेलाडीहरूले सन्दीपले अन्तर्राष्ट्रिय एक्सपोजका लागि गरेको पहलसम्बन्धी पुराना म्यासेजका स्क्रिनसटहरू पठाउँछन्। तर उनीहरूलाई घिमिरेले सद्भभावका लागि धन्यवाद दिन्छन् अनि अदालतमा मु’द्दा चलिरहेको जवाफ पठाउँछन्।
उनले काठमाडौँ जिल्ला अदालतको आदेशविरु’द्ध उच्च अदालतमा पुनरावेदन दिएका छन् ।