चर्चित लोक दोहोरी गायिका समीक्षा अधिकारी आफ्नो जीवनको एक पछिल्लो घटनाबाट निकै प्रभावित भइन् । उनीमाथि पछिल्लो समय सामाजिक सञ्जालका केही प्रयोगकर्ताले नकारात्म टिप्पणी गर्ने गरेका छन् ।
उनी नै गलत भएको ठम्याउदैँ ती प्रयोगकर्ता जता देखे पनि उनीमाथि नकारात्मक टिप्पणी गर्छन । नियममा रहेर जा’हेरी दिँदै गर्दादेखि मु’द्धा अदाल’तसम्म पुगुञ्जेल पनि उनले सामाजिक सञ्जालमा सुन्नै नसकिने टिप्पणी सहिरहनु परेको छ ।
आफूलाई अन्याय पर्यो भनेर प्रहरी हुँदै न्या’यालयसम्म पुग्ने उनको कदमलाई गलत सावित गर्न आधा नेपाली नै लागेको झैँ देखिन्छ । उनी मानसिक रुपमा वि’क्षिप्त बनेको उनले सामाजिक सञ्जालमा लेख्दै–मेट्दै गरेका पोस्टले स्पष्ट पारेका छन् ।
अहिले पनि उनले एक पोस्ट सार्वजनिक गरेकी छिन् । तर, पहिला झैँ यो उनको पोस्ट कति समयमा हट्ने हो टुंगो छैन । हट्नुअघि उनले असह्य गा’ली कति सहनु पर्ने, चरित्रमाथि औँला उठाउन कति आउने हुन्, त्यो पनि टुंगो छैन ।
तर, यसपटक भने उनले साइ’बर अ’पराधको बारेमा आफूलाई जानकारी भएको बताउँदै बुली नगर्न र अ’श्लिल कमेन्ट नगर्न घुमाउरो भाषामा धम्की’ दिएकी छिन् ।
उनी लेख्छिन्– ‘मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अ’न्याय र वि’भेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् ।
आकाशमा उड्ने पंक्षीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइ’बर अप’राधको कानुन पनि छ ।’