सत्ता गठबन्धनका एक प्रमुख नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई झस्काएका छन् । उनले आफूले गरेको प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गर्दै प्रचण्डलाई संसदबाटै काउन्टर दिएका छन् ।
निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एकताका नेपालमा बढो ह’ल्ला चलाइयो । प्रतिनिधिसभा विघट’न प्रतिग’मन हो भनेर । बेलायतमा कति पटक प्रति’गमन भएछ भएछ त्यसो भए ।
संसदको जन्मजात देशमा अस्तिसम्मपनि प्रतिगमन भएको थियो । त्यति धेरै जान्ने पनि नहोउँ कि । मौका अनुसारको यति धेरै ब्याख्याप नि नगरौँ कि जस्तोपनि लाग्छ । प्रतिनिधिसभा भं’ग हुनु प्रतिगमन हैन, जनताका अधिकारका लागि जनतामा जानु र सार्वभौम अधिकारबाट आदेश प्राप्त गर्नु प्रतिगमन हैन ।’
उनले संसदबाट सरकार बन्नु र ढ’ल्नु प्रतिग’मन नभएको जिकिर गरे । उनले भने, ‘अन्यत्र लगेर सरकार ढाल्ने काम गरियो भने प्र’तिगमन हुन्छ । अहिलेको गठबन्धन प्रगित’मनको पक्षमा छैन्, जाँदैन ।’ अहिलेको गठबन्धन दल कु ठाउँबाट सरकार बनाउँने ठाउँमा नजाने उनले बताए ।
यता, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वि’ग्रह सुरू भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले संसद विघ’टन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजा’रोपण भएको उनको जिकिर छ ।
बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘सत्ताको गठबन्धन बनाएका माओवादी र एमालेका दुवै अध्यक्षले बोल्नुभयो । मैले संसदभित्र ध्यान दिएर हेरिरहेको थिए । एकअर्कालाई समर्थन गरेर बोल्नु स्वाभाविक नै थियो ।
तर, पूर्वप्रधानमन्त्री ओलीले हालको प्रधानमन्त्रीलाई अफ्ठ्यारोमा पार्नुभएको याद गरेँ । संसद विघ’टन सोह्रै आना सही थियो । जनताको पक्षमा थियो ।
प्रति’गामी भन्नेहरू नै प्रति’गामी हुन् भनिरहँदा हालका प्रधानमन्त्री प्रचण्ड टेबल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो त्यो सामान्य अलमल देखिए पनि मैले मानेको छैन ।’