नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितवि’रुद्ध गतिविधिमा सरकारको नेतृत्व गर्ने प्रमुख नै लागेको आ’रोप लगाएका छन्। शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरीय कराँ’ते प्रतियोगिताको उद्घाटन गर्दै दाहालले यस्ता कामले नेपाल र नेपाली जनताको इ’ज्ज’त र प्रतिष्ठामाथि प्रश्न चिन्ह ख’डा गर्ने दु’ष्सा’ह भएको भन्दै यस्ता ष’ड’य’न्त्र मान्य नहुने बताए।
‘हिजोआज समाचारमा सुन्नु भएको होला, देशलाई बन्दकी राख्ने र राष्ट्रिय हितका वि’रु’द्धमा गतिविधि काममा स्वयम सरकारको नेतृत्व गर्ने प्रमुख लागेको खबरले नेपाल र नेपाली जनताको इ’ज्जत र प्रतिष्ठा स्वाधिनतामाथि प्रश्न चिन्ह ख’डा गर्ने दु’ष्सा’हस भएको छ,’ उनले भने सचेत जनता र स्वस्थ्य जनतालाई यी सबै षडयन्त्र स्वीकार्य गर्दैनन्।’ राष्ट्रिय एकताविरोधी तत्वहरु इतिहासलाई पछाडि धकेलिन सकिन्छ कि भनेर लागिरहेको उनको भनाइ छ।
‘अहिले पनि केही मानिसलाई त्यस्तो सपना देखिरहेका छन्। यो संघीयलाई खारेज गर्ने। स्थानीय तहमा गएको अधिकार खो’सेर केन्द्रका केही सिमित व्यक्तिको हातमा सिमित गर्ने प्रवृत्ति देखिएको छ,’उनले भने। अध्यक्ष दाहालले केही ता’ना’शाही र नि’रंकु’श श’क्तिहरु राज्यवि’रुद्ध लागिपरेको आ’रोप लगाए। ‘हुँदै नभएको अधिकार प्रयोग गरेर संसद वि’घटन गरियो। त्यो कदमलाई जनताले स्वीकारेनन्। सबै क्षेत्रका जनता वि’रोधमा गएपछि अदा’लतले पनि फेरि प्रतिनिधिसभा व्यूँइताइदियो।
तर तिनी ता’ना’शा’ही र नि’रंकु’श श’क्तिहरु एकचोट प’रास्त भए। तर तिनीहरु पुरै प’रास्त अझै भएका छैनन्,’उनले भने,’ तिनीहरुको कसरत र ष’डय’न्त्र नेपाल र नेपाली जनताको वि’रुद्ध चलिराखेकै छ।’ उनले अन्ततः जित जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौ’ती दिए । खेलकुद क्षेत्रलाई केन्द्रदेखि स्थानीय तहसम्म संस्थागत रुपले विकास गरेमात्रै राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिने धारणा राखे।