क्रिकेटर सन्दीप लामिछाने विगत तीन महिनादेखि केन्द्रीय का’रागारमा छन् । जिल्ला अदालतले पु’र्पक्षका लागि थु’नामा पठाउन आदेश दिएपछि सन्दीपले उच्च अदालतमा त्यसविरु’द्ध निवेदन दिएका छन्।
तर थु’नामुक्त गरेर मु’द्दाको अन्तिम किनारा लगाउनु पर्ने उनको मागको निवेदनमा उच्च अदालतले उनी पक्षकै कारण सुनुवाइ गर्न सकेको छैन। आगामी बिहीबारका लागि पनि पेसी तोकिएको छ। यता जिल्ला अदालत काठमाडौंले पनि अन्तिम फैसलाका लागि प्रमाण जुटाउने कार्य गरिरहेको छ।
तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीपलाई मुद्दाका फैसला नभएसम्मका लागि थु’नामा पठाइएको हो। उनी दो’षी ठ’हर भइसकेका होइनन्। उनले ज’बरजस्ती क’रणी गरेको अस्वीकार गर्दै आएका छन्। यसअघि प्रहरी कार्यालयमा जस्तै अदालतमा पनि उनले आ’रोपको खण्डन गरेका छन्।
तर किशोरी भने सुरुदेखि नै सन्दीपले जब’रजस्ती क’रणी गरेको भन्नेमा अडिग छन्। कतिपय मुद्दामा सुरुमा महिलाले आरोप लगाउने तर पछि बयान फेर्ने गर्दा मु’द्दा कमजोर हुने र पी’डकले उन्मुक्ति पाएका उदाहरण छन्। सन्दीपको मु’द्दामा भने दुवै पक्ष आफ्नो बचाउमा अडिग छन्।
पहिलो विषय जति नै चोटिलो बनेको छ दोश्रो विषय। अझ कतिपय अवस्थामा बला’त्कार होइन भन्नेमा भन्दा पनि किशोरी नाबालिग होइनन् भन्नेमा सन्दीप पक्षले बढी जोड दिएको छ।
अहिले सन्दीप पक्षले किशोरी १८ वर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेस गरिरहेको छ। तर किशोरीले भने आफू १८ वर्ष पूरा नभएको प्रमाण अदालतमा बुझाएकी छन्।
यसअघि किशोरीको जन्मदर्ता कागजात, बसाइँसराइ कागजात र विद्यालयमा भर्ना भएको कागजात पेस गर्दै किशोरी १८ वर्ष पूरा भएको दाबी सन्दीप पक्षले गरेको थियो। तर किशोरीको नागरिकता, शैक्षिक प्रमाण पत्र र जन्मदर्ता कागजात पनि अदालत पुगेका छन्, जसमा उनी ना’बालिग देखिन्छिन्।