काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मध्यराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । उनी इण्डोनेसियामा आयोजित पब्जी मोबाइल च्याम्पियनसिपमा भाग लिएर स्वदेश फर्केको नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।
उनले हिजो राति ११ बजे विमानस्थल पुगेर उक्त प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको डिआरएस टिमलाई स्वागत गरेका हुन् । राति बाटिक एअरको उडान नम्बर ओडी १८२ मा मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौं आएको संगीन भट्टराई नेतृत्वको छ सदस्यीय टोलीलाई बालेनले स्वागत गरेका थिए ।
मेयर साहसँगै ७०/८० जना त्यहाँ पुगेका थिए । यसअघि साह उक्त प्रतियोगिता अवलोकन गर्न र निजी घुमघामको लागि भन्दै इण्डोनेसियाको जाकार्ता र बाली गएका थिए । श्रीमतीसँगै त्यहाँ गएका उनी अस्ति राति स्वदेश फर्केका हुन् ।