प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको छ । आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए ।
उक्त प्रस्ताव कार्यसम्पादन र संसदीय दलको बैठकबाट पारित भएको सिटौलाको भनाइ छ । सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिन आग्रह गर्दै देउवा निवास पुगेका थिए ।
यता, प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् ।
महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् । यता, एमाले अध्यक्ष केपी शर्मा ओली भने कांग्रेसको यस्तो निर्णयले झस्किएका छन् । साढे २ बर्षपछि प्रधानमन्त्री बन्ने आफ्नो सपनामा धक्का लाग्ने देखेपछि ओली झस्किएका हुन् ।