माघ ५ गतेदेखि एक कम्पनीले आइपिओ निष्कासन गर्न लागेको छ । सगरमाथा जलविद्युत कम्पनीले माघ ५ गतेदेखि एक कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आइपिओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
उक्त सेयर खरिदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा भने स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था रहेको छ।
सो सेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। मागबमोजिम आवेदन नपरेमा आयोजना प्रभावितले भने फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।