काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले आइतबार अनलाइन मोबाइल गेम पब्जीको विश्वकप अर्थात् पीएमजीसीमा नेपाली टिम डीआरएस गेमिङ उपविजेता बन्न सफल भएपछि कर तिर्न चेतावनी दिएका छन् । खेमा डीआरएसले तीन करोड जितेको छ ।
एक पोस्टमा कमेन्ट गर्दै बालेनले रूटिन अफ नेपाल बन्दका एडमिन एवं संस्थापक भिक्टर पौडेललाई कर तिर्न भनेका हुन् । बालेन लेख्छन्,’तीन करोड जितेपछि रुटिने पनि जिस्किन थाल्यो । बि सिरियस मिस्टर रुटिने, इन्कम ट्याक्स चाहिँ तिर्नुपर्छ ।’
रूटिन अफ नेपाल बन्दका एडमिन एवं संस्थापक भिक्टर पौडेल २०७७ चैतमा डीआरएस गेमिङको लगानीकर्ताका रूपमा जोडिएका थिए । यसपछि डीआरएस कानूनी रूपमा दर्ता हुने नेपालकै पहिलो पब्जी टिम बनेको थियो ।
इन्डोनेसियाको जकार्तामा सम्पन्न फाइनल खेलमा सहभागी नेपाली टिमलाई समर्थन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह त्यहीँ पुगेका थिए ।
नेपाली टिम डीआरएस गेमिङलाई देश-विदेशबाट बधाई आइरहेका बेला अभिनेत्री आँचल शर्माले फेसबुक पेज ुरुटिन अफ नेपाल बन्दुको पोस्ट शेयर गर्दै डीआरएसलाई बधाइ दिइन् । यसअघि कोभिड कहरमा पब्जीभन्दा टिकटक राम्रो भनेकै कारण आँचल ट्रोलको शिकार भएकी थिइन् ।
अहिले भने पब्जीमा ऐतिहासिक जित निकालेको डीआरएसको फोटो शेयर गर्दै उनले बधाइ दिइन् । रूटिन अफ नेपाल बन्दले शर्माको पोस्टको स्क्रिनशट राख्दै ‘अन्ततः, हाम्री अभिनेत्री आँचल शर्माले पब्जी मोबाइललाई अप्रुभ गरेकी छिन्’ भन्दै स्टाटस राख्दा त्यसैमा बालेनले कमेन्ट गरेका हुन् ।